युनियनको
१९ बुँदे घोषणा,
‘सहज
सेवा, स्वच्छ विद्युत
प्राधिकरण’
पौष ०४, २०७६
काठमाडौ । आधिकारिक ट्रेड युनियन नेपाल
विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन ले ‘सहज सेवा, स्वच्छ विद्युत
प्राधिकरण’ अभियान सुरु गरेको छ । युनियनले शुक्रबार प्राधिकरण केन्द्रीय कार्यालयबाट
अभियानको सुरुवात गरेको हो । शुशासन कायम हुने गरी प्राधिकरणको सेवा पारदर्शी, मितव्ययी एवं
व्यावसायिक बनाउन अभियान थालेको युनियनका संयोजक रामेश्वर पौडेलले बताए । उनका
अनुसार युनियनले प्राधिकरणभित्र ग्राहकले सहज, सरल र
भरपर्दोरुपमा सेवा पाउने गरी व्यवस्थापनलाई जिम्मेवार बनाउन भूमिका खेल्नेछ ।
युनियनले प्राधिकरणभित्र हुने आर्थिक अनियमितताको अन्त्य गर्ने प्रतिबद्धता
जनाउँदै १९ बुँदे घोषणा गरेको छ । कार्यालय समयमा ट्रेड युनियनका गतिविधि नगर्ने, ग्राहकलाई
मुस्कानसहितको सेवा दिन कार्यालय प्रमुख र कर्मचारीलाई आह्वान गर्ने, विद्युत खपत
बढाउन ग्राहकलाई प्रेरित गर्ने घोषणामा उल्लेख छ । यस्तै, देशभरका सबै
कार्यालयमा समान प्रकारको रंग–रोगन गर्ने, प्राधिकरणको
खाली जग्गामा वृक्षारोपण गर्ने, सेवाग्राहीहरुका
लागि सफा पिउने पानी तथा महिला र पुरुषहरुका लागि छुट्टा–छुट्टै सफा
शौचालयको व्यवस्था गर्ने घोषणा पनि युनियनले गरेको छ । सेवाग्राहीको गुनासो सुन्न
सहायताकक्ष खडा गर्ने, सहायता कक्षबाट नै सेवाग्राहीको
गुनासो सुनी सेवा प्रवाह गर्ने, कार्यलयको सेवा
ग्राहक–मैत्री बनाउन एकद्वार प्रणाली लागू गराउने प्रतिवद्धता युनियनले गरेको छ ।
अनलाइनमार्फत विद्युत महसुल भुक्तानी सेवा विस्तार गर्ने, नयाँ मिटर जडान, लोड स्वीकृति
गर्ने कार्यका लागि अनाधिकृत रकम मागेर दुखः दिएमा हटलाइन नम्बर ११५० मार्फत
जानकारी दिन सेवाग्राहीसमक्ष आग्रह गरेको छ । अभियानकाे शुभारम्भ गर्दै
प्राधिकरणमा सरसफाई तथा वृक्षाराेपण गरिएकाे छ । ऊर्जा जलस्रोत
तथा सिँचाइ मन्त्री वर्षमान पुन, वन तथा वातावरण
मन्त्री शक्ति बस्नेत, प्राधिकरणका सञ्चालक, कार्यकारी
निर्देशक कुलमान घिसिङसहित कर्मचारीहरू सहभागी भए ।
Read more at: http://www.urjakhabar.com/nea-union-5/
प्रदेश समितिको बैठक सम्पन्न
२०७६ असोज १३ गते नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन ५ नम्बर प्रदेश समितिको विस्तारित बैठक बसी विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।
जस अनुसार २०७६ कार्तिक १ गते नेपालगन्जमा शुभकामना आदान प्रदान तथा अन्तरक्रिय कार्यक्रम गर्ने र २०७६ कार्तिक ३० गते भैरहवामा युनियनले प्रकाशन गर्ने स्मारिकाको सार्वजनिकीकरण तथा अन्तरक्रिया कार्यक्रम समपन्न गर्ने कार्यक्रम रहेको छ ।
प्रदेश समितिका अध्यक्ष कल्पना थापाको अध्यक्षता भएको उक्त बैठकमा नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका केन्द्रिय सचिवालय सदस्य तथा स्कुल विभाग सचिव राजेन्द्र क्षेत्री केन्द्रिय सदस्यहरु लक्षमण बहादुर पोख्रेल प्रकाश भुषाल सरस्वती शर्मा तथा पेशगत महासंघ प्रदेश समिति सदस्य उमाकान्त बस्यालको उपस्थिति रहेको थियो ।
त्यसैगरी प्रदेश समितका पदािधकारी सदस्य तथा सल्लाहाकार एवं इकाई समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियाे । बैठक आधिकारिक ट्रेड युनियनको कार्यालय बुटवलमा बसेको थियो ।