नेविप्रा राकयु हेड

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन लुम्बिनी प्रदेश

सम्मानित पेशाकर्मी‚सुनिश्चित भविष्य र समृध्द जीवनकोलगि मर्यादित ट्रेड युनियन


परिचय

नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीहरुका हक, अधिकारका बारेमा सचेत गराउँदै रोजगारीको ग्यारेन्टीका साथै प्रगतिशिल ट्रेड युनियन आन्दोलनलाई सुदृढ पार्न सहयोग पुर्याउने उद्देश्यका साथ नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको स्थापना भएको हो ।
सक्षम र जुझारु नेतृत्व निर्माण गर्दै सामाजिक परिवर्तन र संघिय लोकतान्त्रिक गणतन्त्रको सम्वर्धनमा पेशाकर्मीहरुलाई सहभागि गराई जनमुखी सेवा र स्वच्छ प्रशासनको विकाश गर्न प्रयत्नशिल रहनुका साथै अपार जल सम्पदाको अधिकतम उपयोगबाट मुलुकलाई समृध्दि तर्फ लैजान महत्वपूर्ण भूमिका निर्वाह गर्ने यसको प्रमुख लक्ष्य रहेको छ ।

विद्युत सन्देश विमोचन सम्पन्न

ने वि प्रा राष्ट्रिय कर्मचारी युनियन प्रदेश समिति प्रदेश नम्बर ५ व्दारा प्रकाशित विद्युत सन्देश स्मारिकाको प्रदेश सरकार प्रदेश नम्बर ५ का भौतिक पूवार्धार विकास मन्त्री माननिय वैजनाथ चौधरीले एक समारोहका विच विमोचन गर्नु भयो । उक्त अवसरमा ने वि प्रा राष्ट्रिय कर्मचारी युनियनका केन्द्रिय संयोजक श्री रामेश्वर पौडेल सह संयोजक श्री खगेन्द्र शाही तथा संगठन विभाग प्रमुख श्री भुमिनन्द अर्यालकाे उपस्थिति रहेको थियो ।

प्रदेश नम्बर ५ का प्रादेशिक कार्यालय बुटवलका प्रमुख नवराज सुवेदी नेपालगन्ज डभिजन कार्यालयका प्रमुख मुनिन्द्र ठाकुर लगायत विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भयो । प्रदेश अध्यक्ष कल्पना थापाको अध्यक्षता र सचिव टेक बोहराको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

विदाई तथा स्वागत कार्यक्रम

विदाई तथा स्वागत कार्यक्रम


Sunday, March 15, 2020

संयोजक  श्री रामेश्वर पौडेलको अन्तरवार्ता
 जनता टेलिभिजन https://m.youtube.com/watch?v=xyITdU7Gv3c

No comments:

Post a Comment